×

NEPAL TIMES UPDATES

Playing
इ रानी पर माणु संयन्त्रमा ‘प्रोजेक्टाइल’, रेड सीबाट युएस यु द्धपोत फिर्ता || Nepal Times
Mar 18, 2026
Playing
सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ? || Nepal Times
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा Balen आउने सम्भावना कम || Nepal Times
Mar 18, 2026
Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भनेर पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026

इरानमा उच्च सरकारी अधिकारीहरूमा पनि देखियो कोभिड-१९ को संक्रमण

१६ फाल्गुन २०७६

१६ फागुन, एजेन्सी । इरानमा उच्च सरकारी अधिकारीहरूलाई पनि कोभिड-१९ को संक्रमण देखिन थालेको छ । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार इरानकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोभिड-१९ देखिएको छ ।

उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन्। क्याबिनेट बैठकमा इब्तेकर राष्ट्रपति हसन रूहानीको नजिकै बस्ने गर्थिन्। बिहीबार पनि उनी क्याबिनेट बैठकमा सहभागी भएकी थिइन्।

Advertisement

कोभिड-१९ को संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी मिडियाले जनाएका छन्। इरानमा कोभिड-१९ बाट संक्रमित हुने उनी सातौं उच्च सरकारी अधिकारी हुन्। अरू कुनै पनि देशमा उच्च तहका यति धेरै सरकारी अधिकारीलाई उक्त भाइरसले छोएको छैन।

इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई कोरोना भाइरस देखिएको थियो। इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोभिड-१९ भएको छ। तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ।

इरानमा कोरोना भाइरसबाट अहिलेसम्म २६ जनाको ज्यान गएको छ भने २ सय ४५ जना संक्रमित भएका छन्। बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ। इरानमा सबैभन्दा बढी कोम सहरमा कोभिड-१९ को संक्रमण देखिएको छ। संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ। स्कुल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ। साथै सबै प्रकारका सांस्कृतिक र खेलकुद कार्यक्रम पनि रोकिएको छ।

इरानमा चीनबाट कोभिड-१९ पुगेको विश्वास गरिएको छ। अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले प्रतिबन्ध लगाएको इरान र चीनबीच अहिले पनि सुमधुर सम्बन्ध छ। चीनसँगको व्यापार इरानको अर्थतन्त्रलाई सहयोग पुगेको छ। चीनले शुक्रबार कोरोना भाइरस जाँच्ने बीस हजार किट इरानलाई दिन लागेको छ। कोरोना भाइरस जाँच्ने प्रयोगशालामा पनि २ बाट ७ पुर्‍याएको छ भने अर्को सातासम्म ती प्रयोगशालाको संख्या २२ पुग्ने जनाइएको छ।

भर्खरको समाचार

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top