×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

एकातिर बागमती सफाइ,अर्कातिर धमाधम ढल मिसाइँदै

१७ फाल्गुन २०७६

१७ फागुन, काठमाडौँ ।

बागमतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी रहे पनि नदीमा ढल हाल्ने काम भने रोकिएको छैन ।

Advertisement
Advertisement

वाग्मतीको मुहानस्थित गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमास्थित कोलमती खोलामा सडक बिस्तारका क्रममा सिधै ढल हालिएको छ ।
काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले सडक बिस्तार गर्ने क्रममा वडा नं ४ किसिगालबाट नदीमा सिधै ढल हालिएको हो । ढल कोलमती खोलाको करिब १०० मिटर दूरी पार गरेपछि वाग्मती नदीमा मिसिन्छ ।

यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुगांनाले आइतबार के भएको हो भन्ने बुझ्न प्राविधिक पठाइने बताए। नदीमा ढल हाल्न नदिइने उनको प्रतिबद्धता छ ।

बागमती सफाइ महाअभियानको ३५५औँ हप्तामा तिलगङ्गा क्षेत्रको नदी किनारमा सफाइ गरियो । एक्काइस संस्थाका ३५० अभियानकर्मीेले गरेको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । वाग्मतीको मुहानदेखि नै सफा गरौ्ँ भन्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३१६औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर–८ माकलबारी क्षेत्रमा सफाइ गरेको छ ।

नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दीपक रिसाल, प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजाल, जया मल्टीपल क्याम्पसका प्रमुख भवानीप्रसाद पौडेललगायत अभियानकर्मीको सक्रियता थियो ।

सफाइका क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । मञ्चले वडास्तरसमेतमा समिति गठन गरी सफाइ अभियानमा परिचालन गर्दै आएको छ । यस क्षेत्रको वाग्मती सौन्दर्यकरणसमेतले पछिल्लो समय निरन्तरता पाएको छ । छिटोभन्दा छिटो सौन्दर्यकरणको काम सक्ने गरी निर्माण व्यवसायी परिचालन गरिएको बताइएको छ ।

विष्णुमती सफाइ अभियानको २८३औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ६ र ८ को सङ्गमस्थित महादेव खोला क्षेत्रमा सफा गरियो । महादेव खोलाको निलो पुलबाट रातो पुलसम्म भएको सफाइमा सुरक्षा निकायका साथै स्थानीय सङ्घसंस्थाको सक्रियता रहेको थियो । सफाइबाट सात टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए।

खोलासँगै त्यहाँको सडक क्षेत्रमा पनि सफाइ गरिएको थियो । सो अवसरमा सडकमा फोहर नफाली डष्टविनमा हाल्नसमेत अनुरोध गरिएको थियो । विष्णुमतीको माथिल्लो भागमा सफाइ गरिए पनि तल्लो बालाजुभन्दा तलको क्षेत्रमा नदी फोहर छ । यस क्षेत्रको सफाइमा ध्यान नदिइएको यो मार्ग भएर हिँड्ने यात्रुको गुनासो छ । स्थानीयवासीले सिधै ढल नदीमा हाल्दा पनि कसैले रोक्न सकेको छैन ।

मनोहरा नदी सफाइको १५४औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकरी दिए ।

चक्रपथ उत्तरखण्ड सफाइको १५३औँ हप्तामा नयाँबसपार्कबाट बिजीमलसम्मको क्षेत्रमा सफाइ गरियो । तीन सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।

Advertisement

चक्रपथ पश्चिम खण्ड सफाइको १३५औँ हप्तामा सोल्टदोबाटो क्षेत्रमा सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो । सफाइमा प्रदेशसभा सदस्य राजेश श्रेष्ठसहित ३५० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top