कोरोनाको आशंकामा २ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना

१८ फागुन, काठमाडौं ।
दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

Advertisement

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए। कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आईसोलेसनमा राखिएको उनले बताए । प्रवक्ता बास्तोलाले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।’

उनले नमुना संकलन गरेर ल्याबमा पठाइसकेको भोलिसम्ममा रिपोर्ट आउने बताए । प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए ।

Advertisement

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top