नेपाली सेनाले सञ्चालनमा ल्यायो सुपथ मूल्य पसल

१८ फागुन ७६, आइतबार

१८ फागुन, काठमाडौँ ।
नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी योजना अतर्गत सेनाले बहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

Advertisement

उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रीत परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधनसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । नेपाली सेनाले सहुलियत पसलमार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top