१९ फागुन, एजेन्सी ।
चीनको उहानबाट शुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) को भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ ।
सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।
करिब दुई करोड जनसंख्या रहेको नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस’ हो।