६ किलो सुन सहित भारतीय नागरिक पक्राउ

२० फागुन, काठमाडौँ ।
मकवानपुर प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिनीग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १५ बाट भारत कर्नाटक बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

वडा नम्बर १५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेकोे यात्रुबाहक बसमा चेकजाँच गर्दा अब्दुलको साथबाट उक्त परिणामको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले बताए ।

उनका अनुसार बरामद सुनको बजार मुल्य ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको रहेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top