इरानमा कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै ५४ हजार कैदीबन्दी रिहा

२१ फागुन, एजेन्सी । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै इरान सरकारले ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरेको छ ।
इरानका जेलहरु भरिभराउ रहेकाले त्यहाँको सरकारले सम्भावित जोखिमलाई ध्यान दिदैं उनीहरूलाई रिहा गरेको हो । इरानले ’सुरक्षासँग सम्बन्धित’ मामिलामा पाँच वर्षभन्दा बढी सजाय तोकिएका कैदीहरूलाई भने रिहा गरेको छैन ।

इरानले ५४ हजारलाई कोरोनाभाइरस संक्रमणको परिक्षण पश्चात रिहा गरेको हो । इरानको यस निर्णयले त्यहाँको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्ने एक बेलायती सांसदले जनाएका छन् ।

ट्यूलिप सिद्दिकले इरानी राजदुतलाई उद्धृत गर्दै जाग्हारी ’सम्भवतः आज वा भोलि रिहा हुनसक्ने’ आफ्नो ट्विटमा उल्लेख गरेकी छन् । बिबिसीमा प्रकाशित समाचारका अनुसार उनका पतिले तेहरानको एविन जेलमा रहेकी रेट्क्लिफलाई कोभिड(१९ भएको तर इरानी अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए । तर हाल उनको परिवारसँग सम्पर्क भइसकेको छ र उनले आफू ठीक रहेको बताएकी छन् ।

Advertisement

उनलाई सन् २०१६ मा जासुसी गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो। उनले भने आफूमाथिको सो आरोपलाई अस्वीकार गरेकी छन् । बेलायतले पनि उनी निर्दोष रहेको दाबी गर्दै आइरहेको छ ।

इरानमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट कम्तीमा ७७ जनाको मृत्यु भइसकेको छ भने २३ सय ३६ वटा मामिला पुष्टि भएका छन्। यो संख्या अझ बढी हुनसक्ने अनुमान छ । इरानमा कयौं सरकारी अधिकारीलाई समेत कोरोनाभाइरसको संक्रमण भएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । उसका अनुसार इरानी संसदका २९० सदस्यमध्ये २३ जनाको परीक्षण ’पोजेटिभ’ देखिएको छ ।

Advertisement

कोरोनाभाइरसको संक्रमणबाट मध्यपूर्वमा सबैभन्दा प्रभावित इरान देखिएको छ । इरानका अलावा लेबनान, कुवेत, बहराइन, इराक, ओमन, कतार र संयूक्त अरब इमिरेट्समा पनि यसका संक्रमित भेटिएका छन् ।

त्यसैगरी विश्वभरि हालसम्म ९० हजार बढी मानिसहरूलाई कोभिड(१९ भएको पुष्टि भइसकेको छ भने ३१ सय जनाको ज्यान गइसकेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top