यस वर्षको लेडि रोड रनमा कोरोनाको सचेतना

२२ फागुन ७६, शुक्रबार

२२ फागुन, विराटनगर ।
विराटनगरमा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हरेक वर्ष हुदै आएको ‘इनोभेटिभ लेडि रोड रन २०२०’मा यस वर्ष कोरोनाको सचेतना गरिने भएको छ । लियो क्बल अफ विराटनगर इनोभेटिभ र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार लेडि रोड रन प्रतियोगिता हुने भएको हो ।

अस्पतालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको इनोभेटिभ लेडि रोड रन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी गराएको छ । प्रतियोगितामा २ सय ५० भन्दा बढी महिलाहरूले भाग लिने कार्यक्रम संयोजक अंकिता कट्टेलले जानकारी दिइन् । दौड प्रतियोगिता सकिएपछि सचेतना मुलक कार्यक्रम हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार रुपैयाँका साथै १० लाख रुपैँयाको जीवन विमा प्राप्त गर्नेछ भने अन्य बिभिन्न पुरस्कारहरु प्रदान गरिने छ । यस्तै द्धितीय हुनेले ३ हजार रुपैयाँ र २ लाख ५० हजारको विमा हुनेछ । तृतीय हुनेले २ हजार ५ सय रुपैयाँ रहेको छ भने अन्य थुप्रै सरप्राइज पुरस्कारहरु प्राप्त गर्नेछन् ।

दोस्रो चरणमा मदर एण्ड चाइल्ड हस्पिटलका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुभद्रा अग्रवालले महिलाहरूको स्वास्थ्य सम्बन्धी सचेतामुलक कार्यक्रम गर्ने कट्टेलले बताइन् । यस्तै न्युरो हस्पिटलका वरिष्ठ विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीले कोरोना भाइरस सम्बन्धी सचेतामुलक कार्यक्रम गर्ने बताइएको छ ।

Advertisement

सो अवसरमा न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्ट्राईले स्वस्थ्य समाज निर्माण हेतु एवम सामाजिक उतरदायित्वलाई मध्यनजर गर्दै न्यूरो हस्पिटलले यस अघि पनि प्रदेशका बिभिन्न ठाँउहरुमा सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top