×

NEPAL TIMES UPDATES

Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026

कोरोनाका लागि १ सय ५५ वटा आईसोलेटेड वेड तयार : स्वास्थ्य मन्त्री

२३ फाल्गुन २०७६

२३ फागुन, काठमाडौँ ।
सरकारले कोरोना भाईरसको संक्रमणबाट जोखिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।

उनले छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरि विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भईरहेको बताए । कोरोना भाईरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितमा कसरी जोगिने र अति जोखिममा पुग्दाको संभावित अवस्थाबारे आकलन भएको र सोही अनुसार आवश्यक तयारी गरिएको उनले स्पष्ट पारे । विभिन्न अस्पतालमा १ सय ५५ वटा आईसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबार देखि नै प्लेनमा चढ्नु भन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिए । उनले कोरोना भाईरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको तथा अहिले उपप्रधानको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाईएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी अस्पताल क्षेत्र संग सम्बन्धीत रहेकालाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेतृत्वमा कार्यकारी समिति पनि बनाईएको उनले उल्लेख गरे । ढकालले मन्त्रालयको तर्फबाट प्राविधिक कामको नेतृत्व सचिवले गर्ने र स्पेशल कोरोना संग सम्बन्धित विषयका बारेमा अरुसंग संयोजनकारी भूमिका निर्वाह गर्न विशेषज्ञ दिपक रमणले गर्ने व्यवस्था मिलाईएको बताए । पछिल्लो दिनमा तलसम्म सावधानी अपनाउन मुख्य मन्त्री वा मुख्य मन्त्रीले तोकेकोे अध्यक्षतामा प्रदेश स्तरमा यसको संरचना निर्माण गरिएको तथा सम्बन्धीत नाकाहरुमा र प्रभावित क्षेत्रलाई समेत समायोजन गर्ने गरी तीनैस्तरकोे सरकारको प्रतिनिधित्व हुने गरि सहकार्य गर्न भनिएको स्पष्ट पारे । उनले पछिल्लो तथ्यांक अनुसार अहिले सम्म ९८ हजार ४ सय ७ जना कोरोना संक्रमित भएको , ३ हजार ३ सय ८७ जनाको मृत्यु भएको , ५५ हजार ५ सय ९४ जना उपचार पछि फिर्ता भएको र ८९ देशमा फैलिएको तथा छिमेकी राष्ट्र भुटानलाई पनि छोएको भन्ने समाचार बाहिर आएको भन्दै संक्रमित हुनेको दायरा छिटो छिटो ढंगले अघि बढेको तर्फ गम्भीर बन्नुपर्ने बताए ।

उनले छिमेकी राष्ट्र भारतमा पनि हिजो बेलुका सम्म २९ जनामा देखिएकाले भारतसंगको सम्बन्ध, आउजाउ लगायतले उच्च सर्तकतामा रहनुपर्ने अवस्था श्रृजना गरेकाले भन्सार नाका बाहेक ३७ वटा स्थानमा स्वास्थ्य विन्दुको रुपमा स्थानीय ठाउँमा चेकजाँच गर्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको र सोही अनुसारको तयारी भईरहेको बताए । भारतबाट आयात हुने औषधीमा लगाएको प्रतिबन्धका सम्बन्धमा कुटनीतिक छलफल भएको र अहिलेको अवस्थामा उपलब्ध गराउदै आएका औषधी नरोक्ने प्रतिवद्धता भारतबाट आएको पनि उनले स्पष्ट पारे । मुल्यवृद्धि हुन्छ भन्ने आशंकामा जोखिम मोलेर भएपनि पेट्रोलिय पदार्थको स्टक राख्ने नेपालीहरुको बानी भएकोले पनि बजारमा औषधी लगायतका सामाग्रीहरु अभाव देखिएको भएपनि सरकारले आपुर्तिको सहज व्यवस्था गर्ने पनि उनले विश्वास दिलाए । खरिपाटी र तेलकोटमा गरीएको क्वारेन्टायनको व्यवस्थालाई विश्वस्वास्थ्य संगठनले प्रसंसा पनि गरेको भएपनि विविध कारणहरुले गर्दा नेपाल उच्च जोखिममा नै रहेकाले पर्याप्त सावधानी अपनाउन आवश्यक रहेको बताए ।

कोरोना संक्रमण र खानपानको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भएको भन्दै त्यसबारे स्पष्ट पार्न सांसदहरुले गरेको आग्रहमा उनले भने “कस्तो खाना खाने स्वास्थ्य नपढेको मान्छे स्वास्थ्य मन्त्री भईएको छ । डाक्टरहरुले भनेको गर्नु डाक्टरले गरेको नगर्नु । सरहरुले भनेको मान्नु सरहरुले गरेको नगर्नु भने जस्तै खानेकुरा अहिलेको सन्र्दभमा माछा मासु खाँदा खेरी नपकाई नखानु भन्न सकिने कुरा भो । केही पनि होइन भनेर यसलाई उपेक्षा गर्ने वा सबै सन्त्रासै यही भईसक्यो अब जोगिनै गाहे होला कि भन्ने खालको दुईवटै अतिबाट हामीले हामीले समाजलाई बचाउनुपर्छ ।”उनले भक्तपुरको क्वारेन्टायनलाई जगेडाको रुपमा सिडियो मातहत नै राख्ने गरी अन्य स्थान पनि खोज्ने तथा प्रदेश र स्थानीय तहमा पनि क्वारेन्टायनमा राख्ने खालको व्यवस्था गर्ने तयारी सरकारले गरेको स्पष्ट पारे ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top