१८ बर्षपछि खारेज हुँदै शिक्षा विभाग

८ चैत ७४, शुक्रबार

काठमाडौं – माध्यमिक तह हेर्ने शिक्षा विभाग स्थापना भएको १८ वर्षपछि खारेज हुने भएको छ । माध्यमिक शिक्षा स्थानीय निकायमा हस्तान्तरण हुने भएपछि सो विभाग खारेज गर्न लागिएको हो ।

यसको अन्तिम गृहकार्य थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । विभाग खारेजपछि विभागअन्तर्गतका निकायहरुको व्यवस्थापन गर्ने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।

०५६ सालअघि सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको सार्थक कार्यान्वयन गराउने र क्षत्रीय शिक्षा निर्देशनालय एवं जिल्ला शिक्षा कार्यालयहरूलाई सक्रिय बनाई शैक्षिक प्रणालीलाई बढी प्रभावकारी बनाउे उद्देश्यले ०५६ जेठ ९ मा शिक्षा विभाग स्थापना भएको थियो ।

Advertisement

विभाग खारेज हुने प्रायः निश्चित भएको जानकारी दिँदै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने, ‘नयाँ आर्थिक वर्षदेखि विभाग रहने छैन । तर विभागले गर्ने केही महत्त्वपूर्ण काम केन्द्रीय निकायबाटै सञ्चालन हुनेछन् ।’ यस्तै, विभागको प्रत्यक्ष निगारानीमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालय पनि लगभग खारेजीको अवस्थामा पुगेका छ ।

जिल्ला शिक्षा कार्यालयहरू यही चैत २८ देखि खारेज हुँदैछन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top