NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

विदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा

शुक्रबार फाल्गुन ३० , २०७६
Reading Time: 1 min read
A A
Advertisement
विदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० फागुन, काठमाडौँ । 

कोरोना भाइरस डिजिज (कोभिड–१९) भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने निर्णय गरेको हो ।

बिहीबार मात्रै डब्लुएचओले ‘प्याण्डेमिक’ घोषणा गरेको थियो । यसरी आएका विदेशी र नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । शनिबारदेखि उक्त व्यवस्था लागू हुने उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सचिवालयले जनाएको छ ।

Advertisement

सचिवालयका सदस्य सचिव नारायणप्रसाद बिंडारीद्वारा सार्वजनिक समितिको निर्णयअनुसार गैह्रआवासीय नेपालीसहित, कूटनीतिक र ‘अफिसियल भिसा’ प्राप्त गरेका विदेशी तथा पहिलो पटक प्रवेशाज्ञा प्राप्त गर्दा वा बाहिर गएर नेपाल फर्किएका नेपालीमा पनि उक्त व्यवस्था लागू हुनेछ । व्यावसायिक अध्ययन र कामदारको प्रवेशाज्ञा प्राप्त गरेका विदेशीलाई समेत यो व्यवस्था लागू हुने जनाइएको छ ।

सरकारले विदेशमा बस्ने नेपालीलाई उच्च सावधानी अपनाउन भनेको छ । नेपालीलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको छ । सरकारले अत्यावश्यक कारणले नेपाल आउनुपर्ने भएमा आइपुग्नुपर्ने मितिको सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजीकै रहेको नेपाली नियोगबाट प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था पनि लागू गरेको छ । विदेशीले पनि सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्रसहित प्रवेशाज्ञा आवेदन गर्नुपर्नेछ ।

प्रवेशाज्ञा लिइसकेका विदेशीले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय पनि सरकारले गरेको छ । नेपालको आगमन विन्दुमा विदेशीलाई दिइँदै आएको ‘अनअराइभल भिसा’को व्यवस्था शनिबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी वैशाख १८ सम्मका लागि स्थगन गरिएको छ ।

कोभिड–१९ रोकथाम समन्वय समितिको बिहीबारको बैठकले ‘सेल्फ क्वारेन्टाइन’ बस्नेदेखि विभिन्न विषय समेटेर १९ निर्णय गरेको छ । समितिको सचिवालयले दिएको जानकारीअनुसार तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा शनिबार राति १२ बजेदेखि लागू हुनेगरी स्थगन गरेको छ ।

नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँगको सहकार्यमा भारतपक्षसँग समन्वय गरी निश्चित विन्दुबाट मात्रै आवागमनको व्यवस्था गरिने जनाइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृतिसमेत स्थगन गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई वैशाख १८ भित्र विदेशयात्राको ‘नन अब्जेक्टिक सर्टिफिकेट’ जारी नगर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार उपकरणलगायत सामग्री सार्वजनिक खरीद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरीद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सातै प्रदेशमा आइसीयु र आइसोलेसन कक्ष

सरकारले राजधानी उपत्यकासहित सातै प्रदेशमा आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने भएको छ । कोरोना भाइरस रोकथामका लागि उपत्यकामा आवश्यक सङ्ख्या र हरेक प्रदेशमा कम्तीमा एकएक आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको हो । उक्त कामका लागि समितिको अर्को बैठकमा प्रस्ताव पेश हुनेछ । त्यसको स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा समायोजन भएका चिकित्सक तथ स्वास्थ्यकर्मीसमेतलाई सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारीमा राख्ने एवं आवश्यकतानुसार स्वास्थ्यकर्मी र स्वयंसेवकको सूची तयार गरी आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वयमा गर्नेछ ।

यस्तै नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमतिपत्र हाललाई सरकारले स्थगन गरेको छ । सरकारले अन्तरराष्ट्रिय सभासम्मेलन आगामी जेठ १८ सम्मका लागि स्थगन गरेको छ । यस्तै सङ्क्रमण आउन नदिन चलचित्रघर नचलाउन, समारोह तथा सामाजिक कार्य एवं मेला महोत्सव नगर्न र सहभागी नहुन जनसमुदायलाई आह्वानसमेत गरेको छ ।

–नारायण ढुङ्गाना/रासस

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.