भारतमा १ सय भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

२ चैत, एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १ सय ७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार त्यहाँ २४ जना नयाँ बिरामी फेला परेका हुन् ।

सवैभन्दा धेरै कोरोनाका बिरामी महाराष्ट्र राज्यमा देखिएका छन् । महाराष्ट्रमा अहिलेसम्म ३१ जनामा कोरोना भाइरस देखिएको छ। अर्को दक्षिणी राज्य केरलामा २२ जना संक्रमित भेटिएका छन् ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा भने अहिलेसम्म ११ जनामा यो भाइरस देखिएको छ । कर्नाटकमा ६, दिल्लीमा ७, लद्दाखमा ३, राजस्थान र जम्मु-कस्मिरमा २-२ जनामा संक्रमण पुष्टि भएको छ । तेलंगना, तमिलनाडु, आन्ध्रप्रदेश र पञ्जाबमा पनि १-१ जना बिरामी भेटिएका छन् । हरियाणा राज्यमा रहेका १७ जना सबै संक्रमित विदेशी हुन् ।

Advertisement

कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म दुई जनाले ज्यान गुमाएका छन्। अधिकारीहरूले ठूलो मात्रामा परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top