Nepal Times
Nepal Times
3
Shares

सम्बन्धविच्छेद गर्ने तर्खरमा पूर्वमिस नेपाल खड्गी

सम्बन्धविच्छेद गर्ने तर्खरमा पूर्वमिस नेपाल खड्गी

२ चैत, काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले श्रीमान् जीपी तिमिल्सिनासँग सम्बन्धविच्छेद गर्ने बताएकी छन् ।

खड्गीले एक टेलिभिजन कार्यक्रम मार्फत सो कुराको जानकारी दिएकी हुन् । आफू शारीरिक र मानसिक रुपमा दुर्व्यवहारमा परेको बताउँदै १७ वर्ष लामो सम्बन्धलाई टुङ्ग्याउन लागेको उनले बताइन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धमा रहेका उनीहरुले १५ वर्ष अघि बिहे गरेका थिए । खड्गी र तिमिल्सिनाका एक छोरा र एक छोरी छन् । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.