किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा

४ चैत ७६, बुधबार

५ चैत्र, काठमाडौं ।
एक किशोरीलाई बलत्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement

महानगरीय प्रहरी वृत थानकोटको टोलीले राप्ती गाउँपालिकाका २४ वर्षीय संजय मागर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुली सुनकोशी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानमा रोकि राखेको ना ३ ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामुहिक बलत्कार गरेका महानगरीय प्रहरी वृत थानकोटका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

Advertisement

उनीहरुले चैत ४ गते बिहान २ बजे उनीहरुले किशोरीलाई ट्रकभित्र लगेर बलत्कार गरेको थिए। प्रहरीले नियन्त्रणमा लिएका तिनै जना ट्रकका सहचालक भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top