×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026

कोरोनाभाइरसः स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति

५ चैत्र २०७६

५ चैत्र, काठमाडौँ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ ।

मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिका निभाउन सातै प्रदेशमा उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार प्रदेश १ मा प्रह्लादकुमार कार्की, प्रदेश २ मा ऋषिराज आचार्य, वाग्मती प्रदेशमा महेन्द्रकुमार सापकोटा, गण्डकी प्रदेशमा बाबुराम भुसाल, प्रदेश ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

सम्पर्क व्यक्तिले स्थानीय तहबाट प्राप्त गुनासा तथा सवालको सहजीकरणको समग्र व्यवस्थापन गर्ने, स्थानीय तहबाट अनुरोध भएका विषयमा सम्बन्धित सम्पर्क व्यक्तिबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णयका लागि सहजीकरण गर्ने, सम्पर्क व्यक्तिको समन्वय गर्ने र हरेक १५ दिनमा समीक्षा गरी मन्त्री र सचिवलाई प्रतिवेदन बुझाउने, प्रदेश समन्वय परिषद् वा अन्तर प्रदेश परिषद्‍बाटसहजीकरण वा निर्णय हुनुपर्ने विषय भए विवरण तयार गरी सम्बन्धित परिषद्‍मा पठाउने व्यवस्था मिलाउने र आवश्यकताअनुसार सम्बन्धित स्थानीय तहको स्थलगत निरीक्षण गर्नेरगराउने छन् ।

Advertisement
Advertisement

यसैगरी कोभिड–१९ को सजगता नियन्त्रण र रोकथामका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गर्ने, प्रत्येक दिन कोभिड–१९ को चेकजाँचको विवरण स्थानीय तहबाट सङ्कलन गर्ने, कोभिड–१९ सँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारी भए सोको सङ्कलन गरी मन्त्रालयमा पठाउनेजस्ता कार्य पनि सम्पर्क व्यक्तिलेगर्नेछन् ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top