३२१०० मा डायल गरी कोरोनाबारे सचेत बनौं

६ चैत, काठमाडौँ ।
कोरोना भाइरस सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल टेलिकमले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको हो ।

Advertisement

उक्त नम्बरमा कल गरे पश्चात् कोभिड–१९, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धि थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै नेपाल टेलिकम नेटवर्कभित्र हरेक नम्बरमा फोन गर्दा कलर रिंग ब्याक टोन(सीआरबीटी) मार्फत कोरोनाभाइरस बारे सूचना प्रवाह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top