९ चैत्र, काठमाडौं ।
ललितपुर महानगरपालिकाले एक साताभित्र एक सय १० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ ।
बागडोलस्थित ज्यापु समाजको जेष्ठ नागरिक भवनमा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो । विपद् व्यवस्थापन समिति र सामजिक समितिको संयुक्त बैठकले शनिबार आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ ।
महानगरले चिकित्सको सुझाबअनुरूप छुट्टै आइसोलेसन केन्द्र निर्माण गर्न लागेको जनाएको छ । महानगरले पाटन अस्पतालसँगको समन्वयमा ‘पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट’ (पिपिई) आइसोलेसन केन्द्रमा राख्नेछ । अस्पतालका डा. मदन पियाको संयोजकत्वमा टेकु अस्पतालसँग समन्वय गरी ‘टाक्स फोर्स’ निर्माण गरिएको छ ।
यस टिमले कोरोना संक्रमणको शंकास्पद क्षेत्र पहिचान गरी संक्रमण नियन्त्रण र रोकथामका कार्यक्रम अगाडि बढाउने महानगरले जनाएको छ । त्यस्तै, महानगरले जेबी गुरुङलाई ¥यापिड रेस्पोन्स टिमको फोकल पर्सन तोकेको छ ।
¥यापिड रेस्पोन्स टिमलाई सहयोग गर्ने गरी प्रत्येक वडामा फोकल पर्सन रहनेछन् । ¥यापिड रेस्पोन्स टिमले केन्द्रको क्विक रेस्पोन्स टिम र वडाका फोकल पर्सनसँग समन्वय गरी काम गर्नेछ ।