पर्साका एक जनामा कोरोनाको संक्रमण भेटियो

९ चैत, वीरगन्ज ।

पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

Advertisement

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन ।(न्युज २४ बाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top