Nepal Times
Nepal Times
3
Shares

लायन्सको छैठौँ सम्मेलनका अवसरमा विराटनगरमा र्याली (फोटो फिचर)

लायन्सको छैठौँ सम्मेलनका अवसरमा विराटनगरमा र्याली (फोटो फिचर)

विराटनगर, चैत १०
लायन्स लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानको छैठो वार्षिक सम्मेलनको अवसरमा शनिबार विराटनगरमा र्याली निकालिएको छ । सम्मेलनको अबसरमा निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा लायन्सहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

र्याली पछि आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सवल, समृद्ध र सुदृढ वनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री राईले जनताले आफ्नो हातबाट लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताए । उनले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भैसककोले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको बताए ।

मुख्यमन्त्री राईले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।

लायन्स क्लबका डिष्ट्रिक गभर्नर लीला ढुंगेलले आफ्नो सभापतित्वमा भएको कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्यहरुलाई सम्मान गरेका थिए ।

एकदिने सम्मेलनमा डिष्ट्रिक ३२५ ए वानका काठमाडौदेखि मेचीसम्मका १ हजार २ सय लायन्स सदस्यहरुको सहभागिता रहेको लायन रोशन खडकाले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.