१४ चैत, लन्डन ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।
शुक्रबार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले यसबारे पुष्टि गरेको हो । जोनसनमा संक्रमणको सामान्य लक्षण देखिएको छ ।
डाउनिङ स्ट्रिटका प्रवक्ताले बीबीसीलाई उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने उल्लेख गरेको छ ।