१७ चैत, ओखलढुङगा । ओखलढुङगा सुनकोशी–१० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।
आज बिहान ७ बजे बास्तोलाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात, लत्ताकपडा लगायत गरी ३ तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आइसकेको उक्त कार्यालयले जनाएको छ ।