कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु

१७ चैत ७६, सोमबार

१७ चैत्र, काठमाडौं ।
पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ।

Advertisement

कोरोना आशंकामा आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको हो। चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनको सोमबार बिहान मृत्यु भएको हो।

महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी तथा प्रमुख टेकप्रसाद राईले मृत्यु भएको पुष्टि गरे। तर पाटनका डाक्टर तथा कोरोना भाइरस फोकल पर्सन डा. आशिष श्रेष्ठले युवाको मृत्युबारे बोल्न चाहेनन्।

Advertisement

कोरोनाको संक्रमण भएको आशंकामा नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको पनि रिपोर्ट आइसकेको छैन्। उनमा अत्याधिक ज्वरो आएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top