जोगवनीमा अलपत्र १५ जनालाई उद्दार गरी क्वारेन्टाइनमा पठाईयो

१८ चैत ७६, मंगलबार

१८ चैत, विराटनगर ।
नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा अलपत्र परेका १५ जना नेपालीलाई मंगलबार उद्धार गरिएको छ । भारतको बिहार राज्यस्थित विभिन्न स्थानबाट सीमा क्षेत्रसम्म  पैदल आएका नेपालीहरूलाई उद्धार गरी मिक्लाजुङ गाउँपालिकाको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको हो ।

Advertisement

उद्धार गरिएकाहरु १२ जना दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र ३ जना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

मोरङको टाँडीमा नेपाली सेनाले २ सय क्षमताको क्वारेन्टाइन बनाएको छ ।हालसम्म क्वारेन्टाइनमा बस्ने १ सय १६ जना पुगिसकेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top