सरकारले खरिद गरेको ७५ हजार कोरोना परीक्षण किट हाल प्रयोग नहुने

१९ चैत, काठमाडौँ । सरकारले कोरोना भाइरस द्रुत परीक्षण किट (‍र्यापिड डाइग्नोस्टिक किट) खरिद गरे पनि हाल त्यसको प्रयोग नहुने भएको छ । सरकारले प्रतिथान ८ अमेरिकी डलरमा खरिद गरेको ७५ हजार किट गोदाममा थन्‍किएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार रगतमा परीक्षण गर्ने भनिएको यो किट हाल प्रयोगशालाले उपयोग नगरेको औल्याइन् । किटबारे पछि स्वास्थ्य मन्त्रालयले अवस्था हेरी निर्णय गर्नसक्ने पनि उनले बताएकी छन् ।

सरकारले किनेको ७५ हजार वटा द्रुत परीक्षण किट हाल उपयोग नगर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पनि बताए। यो किटको सामान्य अवस्थामा प्रयोग गर्न डब्लुएचओले सिफारिस नगरेको औल्याउँदै श्रेष्ठले मुलुकमा कोभीड–१९ को ‘महामारी’को अवस्था भए वा ‘समुदायमा फैलिएको’ अवस्थामा यसको प्रयोग गर्न सकिने संकेत गरे। उनले ४५ मिनेटमा परीणाम दिनसक्ने यो किट स्क्रिनिङका लागि उपयोगी हुन सक्नेसमेत बताए।

हाल यो किटको उपयोग नगरिए पनि कोभिड–१९ समुदायमै फैलिएको अवस्थामा र कोभिड पोजेटिभ केस २ सयभन्दा बढी भएको अवस्थामा यो किट उपयोग गर्नुबाहेकको विकल्पसमेत नरहने श्रेष्ठ बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक विज्ञका अनुसार यस्तैखाले किटलाई युरोपेली मुलुक स्पेनले खरिद गरेपछि प्रयोग नगर्ने बताएको थियो। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनिले अस्पतालहरुले किट किन्न के गरौं भनेर उनलाई पनि सोधेको बताए ।

प्रविधि (द्रुत परिक्षण किट) प्रयोग धेरै संवेदनशील कुरा भएको बरिष्ठ जनस्वास्थ्यविद् डा.शरद बन्त बताउँछन् । जस्तोसुकै प्रविधि प्रयोग भए पनि त्यो विश्वसनीय भएमात्र उपयोगमा ल्याउनुपर्ने उनको भनाई छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top