सशस्त्र प्रहरीका खेलाडीहरु ड्युटीमा खटिन थाले

२० चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिम र लकडाउनले गर्दा नेपाली खेलकुद अहिले पूर्णरुपमा ठप्प छ ।

Advertisement

नेपाली खेलकुदको एक महत्वपूर्ण अंगको रुपमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)का खेलाडीहरु ड्युटीमा खटिन थालेका छन् । एपीएफमा जागिरे खेलाडीहरु बुधबारदेखि ड्युटीमा फर्किएका हुन् ।

चैत १० देखि खेलाडीहरु छुट्टीमा बसेका थिए । चैत १८ गते छुट्टी सकिएपछि खेलाडीहरु ड्युटीमा फर्किएका हुन् । स्रोतका अनुसार गृह मन्त्रालयको आदेशमा अन्तर्रा्ष्ट्रिय खेल खेलिसकेका खेलाडीहरु पनि राष्ट्र सेवाका लागि ड्युटीमा फर्किएका छन् ।

Advertisement

नेपाली महिला राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा), नम्बर वान गोलकिपर एन्जिला तुम्बापो सुब्बादेखि अन्य विभिन्न खेलका खेलाडीहरु बुधबारदेखि हलचोकस्थित एपीएफको हेडक्वाटरमा छन् ।

उनीहरुलाई बिहान १० देखि ५ बजेसम्मको ड्युटीमा राखिएको छ । अहिले खेलाडीहरुलाई हेडक्वाटरमा स्ट्यान्डबाई राखिएको र एक दुई दिनपछि फिल्डमै खटाउने सम्भावना रहेको एक खेलाडीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top