२२ चैत्र, पर्सा ।
कलाकार कामेश्वर चौरसिया र फिल्म निर्माता राजकुमार महतो लगाएत पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्साको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका छन्।
यस्तै, उक्त टोलीले सकुवा पर्सौनी गाउँपालिकाबाट पनि पत्र लिएर राहत वितरण गर्न हिँडेको बताइएको छ। तर प्रहरीले उक्त गाउँपालिकाको पत्रलाई बेवास्ता गरि आफूहरुलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन्।