दुर्गममा हवाईजहाज मार्फत खाद्यान्न पठाउँदै कर्णाली सरकार

२१ चैत ७६, शनिबार

२२ चैत्र, सुर्खेत ।
हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न पठाउन शुरु गरेको छ ।

कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा चल्ने निजी विमानबाट सरकारले खाद्य ढुवानी गर्न लागेको हो । हुम्लाका साथै डोल्पामा खाद्यान्न निर्यातको एक मात्र विकल्प हवाई सेवा नै भएकाले आकाश मार्गबाट खाद्य पठाइएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं आपूर्ति समितिका संयोजक नन्दसिंह बुढाले जानकारी दिए ।

विश्व महाआरीका रुपमा देखिएको नोेवेल कोरोना भाइरसको प्रतिकार्य तथा रोकथामका लागि नेपाल सरकारद्वारा घोषित लकडाउनमा नागरिकको खाद्य अधिकार सुरक्षित गर्न सडक सञ्जालको सहज पहुँच नभएका जिल्लामा सीता, तारा, समिटलगायतका निजी एयरलाइन्सबाट कर्णाली सरकारले खाद्य आपूर्ति गरेको मन्त्री बुढाले बताए ।

Advertisement

उनका अनुसार यो समयमा कुनै ठाउँमा खाद्य अभाव भएको खबर नआओस् भनेर सरकार सक्रिय भएर लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले हुम्लाको खाद्य अभाव पूर्ति गर्न हाल २०० र मुगुमा १०० क्विन्टल चामल पठाइएको बताए ।

“डोल्पालगायतका अन्य जिल्लामा अहिले खाद्य सञ्चित नै छ”, प्रमुख थापाले भने, “सम्बन्धित जिल्लाले खबर पठाए हामी जतिबेला पनि पठाउन तयारी अवस्थामा छौँ ।”

Advertisement

थापाले भने, “प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १, ५, ९, १२ र १३ वडामा ५०० क्विन्टल वितरण गरिएको छ । आपूर्ति समितिले कहीँकतै अभाव हुन दिएको छैन । हामीसँग हाल ४४ हजार क्विन्टल खाद्यान्न सञ्चित छ ।

यसले कर्णालीको करिब १८ लाख जनसङ्ख्यालाई करिब तीन महिना खान पुग्छ । मूलतः यो व्यापार कम्पनीको जगेडा खाद्य मात्र हो । यही परिमाणको चामल निजी क्षेत्रसँग पनि छ ।”

उनले यसअघि वीरेन्द्रनगरका केही बस्तीमा आफैँ पुगेर खाद्य डेलिभरी गरिएको बताए । प्रमुख थापाका अनुसार खाद्य आपूर्तिलाई सहज, चुस्त, छरितो र प्रभावकारी बनाउन आपूर्ति समिति निर्वाध लागि परेको छ । (रासस)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top