टोखा नगरपालिकाद्वारा २ करोड ५० लाखको राहत कोष स्थापना

२२ चैत्र, काठमाडौं ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले कोरोना नियन्त्रणका लागि रु दुई करोड ५० लाखको राहत कोष स्थापना गरेको छ ।

टोखाको शुक्रबार बसेको ५२औँ कार्यपालिकाको बैठकले विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर उक्त नगद राशिको कोष स्थापना गरेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारी कोभिड–१९ बाट हुनसक्ने भैपरी समस्या समाधानका लागि ‘कोरोना सङ्क्रमण, रोकथाम तथा उपचारका कोष’ स्थापना गरेको बताउँछन् ।

Advertisement

“नगरसभाबाट पारित भई लक्षित वर्ग, भैपरी तथा मर्मत, नगरस्तरका विपद् व्यवस्थापन र लक्षित वर्गमा विनियोजन भई सम्झौता हुन बाँकी रहेको बजेटलाई रकमान्तरण गरी उक्त कोष स्थापना गरेका हौँ”, उनले भने । उक्त कोषमा रकम जम्मा गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

टोखाले नगर विपद् व्यवस्थापन समितिको बैठक र राहत वितरण मापदण्ड निर्धारण उपसमितिले निर्धारण गरेको मापदण्ड, उपत्यका नगरपालिका फोरम र सरकारले तोकेको मापदण्डलाई आधार मानी वडास्तरबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

Advertisement

यसअघि टोखाले राहत वितरण मापदण्ड निर्धारणका लागि उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा छ सदस्यीय कार्यसमिति निर्माण गरेको थियो ।

राहत वितरण उपसमितिको बैठकको निर्णयअनुसार वडाध्यक्ष वा वडाध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा राहत पहिचान तथा वितरण गर्नका लागि पाँच सदस्यीय सर्वपक्षीयसहितको छानविन समिति गठन गरेको छ ।

टोखाले राहत वितरणका लागि यसभन्दा पहिले सबै वडालाई रु एक÷एक लाख नगद विनियोजन गरेको थियो । शुक्रबारको बैठकले वडा नं. १ मा चार लाख र अरु १० वडामा पेश्कीस्वरुप रु सात÷सात लाख रकम विनियोजन गरेको नगरप्रमुख अधिकारी बताउँछन् ।

टोखा नगरपालिकाले बनाएको राहत मापदण्डअनुसार तीन जनाभन्दा धेरै व्यक्ति भएको परिवारलाई ३० किलोग्राम चामल, तीन किलोग्राम दाल, दुई प्याकेट नुन, दुई लिटर खानेतेल, चार पुरिया साबुन र दुई किलोग्राम चिनी रहेको छ ।

दुई जनासम्मको परिवारले तीन जनाभन्दा धेरै व्यक्ति भएको परिवारभन्दा आधा खाद्यान्न पाउनेछन् । टोखा नगरपालिकाले रकमको आधारमा तीन जनाभन्दा बढी परिवारलाई रु दुई हजार ५०० रकम बराबरको खाद्यान्न र त्यसभन्दा कम व्यक्ति भएको परिवारलाई रु एक हजार २५० रकम बराबरको खाद्यान्न वितरण गर्नेछ ।

टोखा नगरपालिकाले विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसलाई मध्यनजर गर्दै टोखा नगरपालिकाभित्र मनाइँदै आएको जात्रा तथा पर्वलाई स्थगित गर्ने निर्णयसमेत गरेको छ । प्रत्येक वडामा कोरोना भाइरसको जनचेतना तथा तथ्याङ्क सङ्कलनका लागि खटाइएका स्वयंसेवकको खाजा खर्चका लागि प्रत्येक वडामा रु ५० हजार विनियोजन गरेको छ । उक्त रकम सोही कोषबाट नै खर्च गर्ने व्यवस्था गरिएको छ ।

नगरपालिकाभित्र कोरोना नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने कर्मचारीलाई भने तलब स्केलको २०० प्रतिशत भत्ताको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित २३ जनाको सहभागिता रहेको थियो । (रासस)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top