सतर्क बनौं ,नेपालमा स्थानीयमा पनि कोरोनाको संक्रमण फैलियो

२२ चैत, काठमाडौँ ।
नेपालमा कोरोना भाइरसको संक्रमण स्थानीयमा पनि फैलिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ दिएको र पहिलो पटक कोरोना संक्रमण स्थानीयमा फैलिएको पुष्टि गरेका हुन ।

यो विदेशबाट आएका नेपालीबाट स्थानीयमा सरेको पहिलो घटना हो । यसअघि विदेशबाट आएका मानिसमा मात्रै कोरोना संक्रमण देखिदै आएको थियो । उनले कैलाली र कञ्चनपुरको क्वारेन्टाईनमा बसेका ३४ बर्षिया महिला, २१ बर्षिय पुरुष, र ४१ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको बताए । नमुना परीक्षण पोजेटिभ देखिएपछि तीनै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको पनि उनले जानकारी दिए । दुवै पुरुष भारतबाट आएका हुन् । महिला संक्रमित एकजना संक्रमितको परिवारको सदस्य भएको डाक्टर देवकोटाले जानकारी दिए । उनले भने “ महिला संक्रमित भेटिनुभएको छ । उहाँ एक जना संक्रमितको परिवारको सदस्य हुनुहुन्छ । उहाँको ट्राभल हिस्ट्री छैन । यो पहिलो केस हामी दोश्रो चरणमा प्रवेश गरेको देखिन्छ । यो संक्रमित व्यक्तिबाट परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ । यसलाई हामी लोकल टान्समिसन भन्छौ । संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । र यसले पनि थप पुष्ट्याई के गर्छ भन्दा क्वारेन्टाईनमा कति अनिवार्य रुपमा र कति सावधानीपुर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ । त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलन नदिनका निम्ति जो विदेशबाट आउनुभएको छ , उहाँहरु सबैले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपाय अबलम्बन गर्नुपर्ने हुन्छ । ”

उनले संक्रमित २ जना टेकू, २ जना बाग्लुङस्थित अस्पतालमा र ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले स्थानीयमा संक्रमण फैलिएसंगै नेपाल कोरोना संक्रमण फैलावटको दोश्रो चरणमा प्रवेश गरेकाले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा बसिदिन अनुरोध गरेका छन । यसअघि मन्त्रालयका विज्ञहरुले कोरोनाको स्थानीय संक्रमण नभएकाले विदेशबाट आएकालाई मात्रै क्वारेन्टाईनमा बस्नका लागि प्राथमिकता दिदै आएका थिए ।

Advertisement

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, शनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सम्म १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ भने काठमाण्डौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन छन् । डाक्टर देवकोटाले नमुना परीक्षणको दायरा बढाईरहेको र अहिले काठमाण्डौ बाहिर जनकपुर, धरान, हेटौडा, पोखरा, धनगढी र सुर्खेतमा नमुना परीक्षण भईरहेको तथा चितवन र बुटवलमा भोलीबाट सूरु गरिने जानकारी दिए । मन्त्रालयको मोबाईल एप्लिेकेसनमा ६ हजार ५ सय २७ जनाले व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये रेडजोनमा रहेका १ सय २६ जनालाई फोन मार्फत टेसिङ गर्ने काम भईरहेको डाक्टर देवकोटाले बताए । स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री पिपिई दुरुपयोग भएको पाईएको भन्दै उनले समुचित प्रयोग गर्न आग्रह गरे ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top