कैलालीका संक्रमित युवासँगै आउने दाङका १० जनाको पहिचान

२३ चैत, दाङ । कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० युवा भएको खुलेको छ । संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही(४ का पाँच युवा रहेका पुष्टि भएको छ। घोराहीका २२ वर्षीय दुई, १७ वर्षीय एक र २९ वर्षको एकजना भारतको मुम्बईबाट चैत १२ गते नेपाल आएका हुन्।  संक्रमित युवासँगैको भिडमा साविक सोनपुरका १९ वर्षीय युवा पनि रहेको भेटिएको छ।

यसैगरी भारतको चेन्नईबाट आएका लमही-५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ।

Advertisement

त्यस्तै राजपुर गाउँपालिका ६ का १९ र २६ वर्षका दुईजनायुवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ। कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएका थिए।

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा उत्रिएको भिडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top