वुहानबाट ल्याइएका नेपालीको भाडा सरकारद्वारा ५१ दिनपछि निगमलाई भुक्तानी

२५ चैत, काठमाडौँ । चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना नेपालीलाई चाटर्ड उडान गर्ने नेपाल वायुसेवा निगमलाई सरकारले सोमबार ५१ दिनपछि भुक्तानी गरेको छ ।

स्रोतका अनुसार अर्थ मन्त्रालयले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडानको भाडा वापत रकमान्तर गरेको ४ करोड ३५ लाख ९७ हजार ६ सय ११ रुपैयाँ निगमको खातामा पठाइएको हो ।

कोराना भाइरसको उद्धगमस्थल चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याउन सरकारको अनुरोधमा निगमको वाइडबडी विमान फागुन ३ गते त्यसतर्फ गएको थियो ।

Advertisement

१ सय ७५ जनालाई बोकेर वाइडबडी त्यही रात काठमाडौं फर्केको थियो । सरकारले उनीहरुबाट भाडा भने उठाएको थिएन । उक्त चाटर्ड उडानको भाडा दर सरकारले प्रति घन्टा १८ हजार १ सय डलरका दरले निगमलाई ४ करोड ३५ लाख रुपैयाँ तिरेको हो ।

निगमको नियम अनुसार चार्टर उडानमा अगी्रम भुक्तानी गरेपछिमात्रै जहाज उडाउनुपर्ने हुन्छ । तर, सरकारले नै चार्टर रकम दिने ग्यारेन्टी गरेको अवस्थामा निगमले भुक्तानी ढिलाइ हुने भएपनि उडान गर्छ । निगमका निमित्त महाप्रबन्धक गणेश बहादुर चन्दका अनुसार, सरकारलाई कमिसनबापत ५ प्रतिशत रकम भने छुट हुँदैन ।

Advertisement

यसैबीच चैत १५ गते स्वास्थ्य सेवा विभागले चार्टर गरेको उडानको भाडा भने निगमले पाएको छैन । यो क्रेडिट उडानमा पनि सरकारी निकायलाई ५ प्रतिशत कमिशन नहुने नायब महाप्रवन्धक चन्दले बताए । तर, निजी क्षेत्रका व्यापारीहरुका लागि औषधि लगायतका स्वास्थ्य सामाग्री ल्याउन जहाज चार्टर गर्ने फ्ल्यास फ्रेइट लजेस्टिक लिमिटेडलाई भने निगमले आर्थिक विनियम अनुसार ५ प्रतिशत कमिसन दिनुपर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top