सांसद र कर्मचारीका तर्फबाट कोरोना संक्रमण रोकथाम कोषमा १ करोड १ लाख जम्मा

२५ चैत ७६, मंगलबार
Share this
710shares

२५ चैत, काठमाडौँ । कोरोना भाइरसविरुद्ध लड्‍नका लागि सरकारले स्थापना गरेको ’कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा संघीय संसद्का सांसदहरु र कर्मचारीहरुका तर्फबाट १ करोड १ लाख ३२ हजार ८ सय रकम जम्मा गरिएको छ ।

Advertisement

उक्त कोषमा सभामुख अग्‍निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक(एक महिनाको पारिश्रमिक बराबरको ६७ हजार ३२० रुपैयाँका दरले जम्मा गरेका छन् । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दहालले भने उक्त कोषमा ७० हजार ७३० रुपैयाँ जम्मा गराएकी छिन् ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार उक्त कोषमा नेकपाका १९५ सांसदले रकम जम्मा गराएका छन् । नेकपाका सांसदहरूको तर्फबाट ६३ लाख २ हजार ५९० रुपैयाँ जम्मा गरिएको छ । नेकपाले सबै सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम जम्मा गराउने निर्णय गराएको थियो ।

Advertisement

समाजवादी पार्टीका सांसद प्रदीप यादवले कोरोना कोषमा ६४ हजार ७० रुपैयाँ र जनमोर्चाकी सांसद दुर्गा पौडेलले ३२ हजार ३५ रुपैयाँ जम्मा गराएकी छन्।

सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा सांसदका निजी सचिवालयका तर्फबाट २१ लाख ४६ हजार ८५६ रुपैयाँ जम्मा गरिएको छ भने संसद् सचिवालयका स्थायी कर्मचारीहरूले ११ लाख १७ हजार ९७९ रुपैयाँ जम्मा गराएका छन्। संसद् सचिवालयमा करारमा कार्यरत कर्मचारीहरूले २ लाख ६३ हजार ९ सय रुपैयाँ जम्मा गराएका छन्।

Advertisement

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी लगायतका दलहरूले उक्त कोषमा रकम जम्मा गर्ने घोषणा गरेका थिए। यी दलहरूले सबै सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका थिए।

त्यस्तै, केही सांसदहरूले एक महिना भन्दा बढीको पारिश्रमिक कोषमा राख्‍ने घोषणा गरेका थिए। तर, सार्वजनिक रूपमा भएको घोषणाले औपचारिकता पाएको छैन।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पहिलो चरणमा उक्त रकम जम्मा गरिएको र बाँकीको अर्को चरणमा गरिने जानकारी दिए। सरकारले स्थापना गरेको कोषमा विभिन्‍न निकाय र व्यक्तिले रकम जम्मा गर्ने क्रम जारी रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top