२ वैशाख, एजेन्सी ।
पाकिस्तानका लिस्ट ए क्रिकेट खेलाडी जाफर सर्फराजको कोरोना भाईरसका कारण निधन भएको छ ।
कोरोनाको संक्रमणपछि पेसावरको एक अस्पतालमा उपचार गराएका जाफरको मंगलबार निधन भएको हो । उनलाई तीन दिनदेखि आइसियुमा राखिएको थियो । ५० बर्षीय जाफर पाकिस्तानका पूर्व क्रिकेटर अख्तर सर्फराजका भाइ हुन् ।
बायाँ हाते मिडिल अडरका ब्याट्सम्यान जाफरले पाकिस्तानका लागि १५ वटा लिस्ट ए खेल्दै ६ सय १६ रन बनाएका थिए । कोरोनाका भाईरसका कारण पाकिस्तनमा ९३ जनाको मृत्यु भइसकेको छ । पाँच हजारभन्दा बढी मानिस संक्रमित छन् ।