४ वैशाख, काठमाडौं । कोरोना भाइरस कोभिड—१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको आज २४ औ दिन पुगेको छ ।
गत चैत ११ गतेबाट हक हप्ताका लागि जारी गरिएको लक डाउन संक्रमणको जोखिम बढेसँगै पटक पटक थपिँदै आएको छ । पछिल्लो समय सरकारले एकै पटक १२ दिन लक डाउनको अवधि बढाएर बैशाख १५ गतेसम्म पु¥याएको छ ।
लक डाउनका कारण काठमाडौ उपत्यकासहित देशका प्रमुख शहरका प्रमुख सडक प्राय सुनसान भएको छ । अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् ।
सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन गरेको छ । सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् । ठाउँ ठाउँमा चेकजाँच भइरहेपनि केही व्यक्तिहरु अनावश्यक रुपमा सवारी चलाइरहेको पाइएको छ ।