४ बैशाख, काठमाडौँ ।
बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षणको नतीजामा संक्रमण नभएको पाइएको छ। । बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।
६५ वर्षीया महिलाको पिसीआर परीक्षणमा नतीजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताए । कतार एयरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो। युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन्। दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य जनाईएको छ ।