जब मोबाइलमा आयो बैंक खातामा ६ लाख जम्मा भएको म्यासेज…

४ बैशाख ७७, शुक्रबार

५ बैशाख, काठमाडौँ । 

बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । त्यहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भए । त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए ।

दिउँसो उनको मोबाइलमा म्यासेज आयो । उनलाई लाग्यो कोरोना भाइरसबारेकै केही सन्देश होला । अलिकपछि सञ्जिवले म्यासेज राम्रोसँग हेरे । उनको बैंक खातामा रु छ लाख जम्मा भएको रहेछ । उनले उक्त म्यासेज पटकपटक दोहो¥याइ तेह¥याइ हेरे । विश्वासै लागेन पैसा आएको होला भनेर । पत्यार नलागेपछि काठमाडौँँमा रहेका अरु खेलाडी साथीसित सो रकमबारे जानकारी गराए ।

Advertisement

“खातामा पैसा आएको होला भन्ने विश्वासै लागेन”, हाल कास्कीको पोखरामा रहेका सञ्जिवले भने, “पुरस्कारबापतको रकम मेरो खातामा मात्र आएको रहेछ ।” सञ्जिव तेक्वान्दो खेलाडी हुन् ।

उनले गत मंसिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूलद (साग) मा तेक्वान्दोतर्फ पेयर पुम्सेमा आयशा शाक्यसँग मिलेर नेपाललाई स्वर्ण पदक दिलाएका थिए । साग सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने खेलाडीका लागि हालसम्मकै ठूलो रकमको घोषणा गर्नुभएको थियो । घोषणा भएको चार महिना वित्दा पनि खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम प्राप्त गर्न सकेका थिएन ।

Advertisement

सञ्जिवको बैंक खातामा बुधवार जम्मा भएको रु छ लाख त्यही पुरस्कारवापतको रकम थियो । उक्त रकम प्राप्त गर्ने उनी पहिलो खेलाडी बनेका छन् । अरु खेलाडीले भने रकम पाउन सकेका छैनन् ।

“मसँगै मिलेर स्वर्ण जितेकी आयशा शाक्यलाई फोन गरे, उहाँले रकम पाउनु भएको रहेनछ”, नेपाली सेनामा कार्यरत हवल्दार सञ्जिवले भने, “पुरस्कार रकम प्राप्त गर्ने म मात्र रहेछु, अरुलाई सायद अब आउला ।” कोरोना भाइरसको संक्रमणका बेला पुरस्कार रकम पाउने आफूले आश नगरेको उनले बताए । “यस्तो आपतका बेला पैसो पाइला भन्ने पटक्कै विश्वास थिएन”, उनले खुशी व्यक्त गर्दै भने, “पुरस्कार पाउँदा शान्ति सेना ९शान्ति मिसन० बाट फर्के जस्तै लागेको छ ।” उनलाई साथिहरुले शान्ति सेनाबाट आएको जस्तो यतै भयो भन्दै जिस्क्याए पनि । सञ्जिवले हालसम्म सेनाबाट शान्ति मिसनमा जान भने पाएका छैनन् ।

सञ्जिव मात्र होइन अरु खेलाडीका लागि यही नै अहिलेसम्मको ठूलो पुरस्कार रकम हो । “लौ तिमलाई त शान्ति मिसन यतै भयो”, साथिभाइले बधाइ दिँदै भनेको कुरा सम्झिदै सञ्जिवले भने । प्राय ः काठमाडौँमै रहने सञ्जिव हाल भने कोरोना भाइरसको रोकथाम तथा यसको नियन्त्रणको अभियानका लागि पोखरामा छन् ।

उनी त्यहाँ नियमित रुपमा आफ्नो अभ्यासका साथै सेनाले खटाएको काममा ब्यस्त छन् । “यो महामारीका बेला जनतालाई साथ दिनै पर्छ, खेलको कुरा त पछि छँदै छ”, उनले भने ।

हेटौँडा उपमहानगरपालिका–४ घर भएका सञ्जिवले गाउँमै तेक्वान्दोको प्रशिक्षण लिएका हुन् । घरको आर्थिक अवस्था राम्रो नभएका कारणले उनी हेटौँडामै नेपाली सेनामा भर्ना भए । अनी सेनाको त्रिभुवन आर्मीमा आवद्ध भएर तेक्वान्दोलाई निरन्तरता दिन थाले । “सेनामा भर्ना नभएको भए म खेल खेलिरहेको हुन्नथे”, उनले घरको अवस्था सम्झिैदै भने, “खेल्नका लागि आधार चाहिएको थियो, जुन सेनाको जागिरले सहज बनाइ दियो ।” उनका बुबा होमबहादुर भारतमा मजदुरी गर्दथे । आमा उतै बितिन । त्यसपछि सञ्जिवको पालनपोषणको जिम्मा ठूलो बुबा श्रीराम र ठूली आमा मिठुकुमारीले लिइन् । केही वर्ष अघि उनका ठूलो बुबाको पनि निधन भइसकको छ । हाल घरमा ठूली आमा र भाइ बुहारी छन् ।

“अब यो रकमले काठमाडौँमा डेरा व्यवस्थित गर्ने योजना छ” सञ्जिवले भावी योजना सुनाए, “ठूली आमालाई काठमाडौँ ल्याइ साथमा राखेर राम्रोसँग रेखदेख गर्ने सोच बनाएको छु ।” नेपालमा सेना, प्रहरी र शसस्त्र प्रहरीको विभागीय टोलीका भरमा खेलाडी बाँचेको सञ्जिवको बुझाइ छ । यो बाहेक खेलाडीलाई सिक्ने तथा भविष्य बनाउने आधार बनिसकेको छैन । “खेलाडी खेलेरै बाँच्न सक्ने आधार राज्यले तथा अरु निकायले बनाइ दिनुपर्छ”, उनले भने, “हैन भने नयाँ प्रतिभा जन्मिन सहज छैन ।”

सन्जीवले रकम पाए पनि आयशाले भने रकम पाउन सकेकी छैनन् । “अहिले लकडाउनका कारण रकम पठाउन असहज भयो होला”, तेक्वान्दोका कीर्तिमानी खेलाडी एवं आयशाका श्रीमान् दीपक विष्टले भने, “जे होस खेलाडी घोषणा भएको पुरस्कार पाउन थाले, धेरै खुशी लागेको छ ।” विष्ट तेक्वान्दोका प्रशिक्षक हुन् । आयशा सागमा दोहोरो स्वर्ण जित्न खेलाडी हुन् ।

तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक गरी कूल २०६ पदक जितेको थियो । यो नेपालका लागि अहिलेसम्मकै सर्वाधिक सफलता थियो । उक्त सफलतापछि प्रधानमन्त्री ओलीले सबैलाई डाकेर प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुरस्कार रकमको घोषणा गर्नुभएको थियो । विभिन्न व्यवधानले सो रकम खेलाडी तथा प्रशिक्षकले प्राप्त गर्न सकेका थिएनन् ।

राष्ट्रिय टोली तयारी समितिका निर्देशक तथा १३औँ साग राष्ट्रिय टोली तयारी समितिका सचिव महेन्द्र राईले सागमा पदक प्राप्त सबै खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यलय ९कोलेनिका० मा पठाइसकेको जानकारी दिP । चाँडै अन्य खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम पाउने उनले बताए ।

तेह्रौँ साग गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले व्यक्तिगत स्पर्धामा स्वर्णपदक जित्नेलाई जनही रु नौ लाख, रजत जित्नेले रु छ लाख र कास्य जित्नेले रु तीन लाख, एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई रु ११ लाखका दरले पुरस्कार दिने घोषणा गरेका थिए । समूहगतरुपमा स्वर्ण जित्ने खेलाडीलाई रु छ लाख, रजत जित्नेलाई रु चार लाख तथा कास्य जित्नेलाई रु दुई लाख दिने घोषणा गरिएको थियो ।रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top