×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका छैनन् : स्वास्थ्य मन्त्रालय

५ बैशाख २०७७

५ बैशाख, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुनैपनि नयाँ संक्रमण फेला नपरेको बताए ।

यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकहरुलाई सूदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट परिचालन हुने गरी उक्त प्रदेशको अस्पतालहरुमा खटाउने गरी पठाइएको बताए । उनले चिकित्सकहरु हवाइजहाज मार्फत धनगढी पुगिसकेको बताए । उनले एक महिनाको अवधिका लागि पठाइएको र आवश्यकता अनुरुप समय थप हने बताए । सूदुरपश्चिम प्रदेशमा भारतबाट आउने नेपालीहरुको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरु पठाइएको उनले बताए ।

Advertisement
Advertisement

यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उनले बताए । यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताए । यसबाहेक सरकारले गत साता ५÷५ हजारका दरले ¥यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवस्यकता अनुसार थप ३० हजार भन्दा बढी किटहरु पठाइएको बताए । यससँगै करिब ७० हजारको संख्यामा ¥यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए । यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरु सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनले बताए । यस्तै केहीको परीक्षणको क्रममा नै रहेको उनले बताए ।

अहिलेसम्म पीसीआरको कुल परीक्षण संख्या ७ हजार ६ सय ८८ पुगेको छ । ¥यापिड डाइगोनेस्टिक टेस्टबाट गरिने परिक्षणको संख्या १६ हजार ५ सय ६५ पुगेको छ । कुल परीक्षण २४ हजार २ सय ५३ भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ वटा नयाँ परीक्षण भएको छ । प्रवक्ता देवकोटाले अहिले सम्म दुई वटा जिल्ला ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने व्यवस्था नभएको बताए । उनले बाँकी ७५ वटै जिल्लामा परीक्षणको व्यवस्था भएको बताए ।

Advertisement

अहिले सम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ७ जना र आइसोलेसनमा ९० जना रहेको उनले बताए । यस्तै उदयपुर र चितवनमा गरिएको पीसीआर परीक्षणमा केही व्यक्तिहरुमा संक्रमण देखिएको समाचार आइरहेको विषयमा भने स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा कुनैपनि जानकारी गराएको छैन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top