थप एकजनामा कोरोना संक्रमण पुष्टि

६ बैशाख ७७, आइतबार

६ वैशाख, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३१ रहेको जनाएको छ । उक्त व्यक्ति ६५ वर्षीय पुरुष भएको जनाएको छ । तर, उनी कुन ठाउँका हुन भन्‍ने खुलाइएको छैन । शुक्रबार उदयपुरमा १२ र २ जना चितवनमा गरी १४ जना कोरोना संक्रमित पुष्टि भएका थिए ।

यसअघि विभिन्‍न समयमा गरी १६ जना संक्रमित थिए । संक्रमितमध्ये दुई जनाको उपचारपछि घर पठाइएको मन्त्रालयले जनाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top