×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

१४ वर्षीय बालकमा र्यापिड टेस्ट पोजेटिभ, स्वाब काठमाडौं पठाइयो

६ बैशाख २०७७

६ वैशाख, सर्लाही ।
र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ ।

गत चैत २३ गते भारतको दिल्लीबाट आएका १४ वर्षीय बालकको शुक्रवार बेलुका आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै धनकौल क्वारेन्टाईनमा राखिएका बालकलाई प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा पु¥याएर भर्ना गरिएको छ ।

Advertisement
Advertisement

दिल्लीको एक झोला कारखानामा काम गर्ने बालकलाई रौतहटको गौर हुँदै घर आएको सूचना पाउने बित्तिकै प्रहरीले क्वारेन्टाइनमा लगेर राखेका थिए । बालकसँगै क्वारेन्टाईनमा राखिएका अर्का एक पुरुषलाई पनि जनकपुर पठाइएको छ । आरडीटी परीक्षणमा ती पुरुषको भने नेगेटिभ रिपोर्ट आएको थियो ।

स्रोतका अनुसार आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बालकको स्वाब परीक्षणका लागि जनकपुरबाट शनिबार काठमाडौं पठाइएको छ । स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन केही समय लाग्ने चिकित्सकले बताएका छन् ।

सर्लाहीमा हालसम्म क्वारेन्टाईनमा बसेका ६८ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमा धनकौलका एक बालक बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । आज मात्रै चक्रघट्टा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

Advertisement
Advertisement

शनिबारसम्म जिल्लाको चन्द्रनगर, हरिपुर, लालबन्दी, कौडेना, धनकौल र चक्रघट्टाको क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिएको छ ।(गोरखापत्र)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top