७ वैशाख, दार्चुला । भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका बासुदेव भट्ट नेपाल फर्किएका छन्। घरमा आमाको निधन भए पनि लकडाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय भूमिमै रोकिएका थिए।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तेजसिंह कुँवरका अनुसार आइतबार साढे २ बजेतिर भट्टलाई नेपाल ल्याइएको हो।

गत फागुनमा भारतमा मजदुरी गर्न पुगेका भट्ट लकडाउन भएपछि उतै अलपत्र परेका थिए । दार्चुला शैल्यशिखर नगरपालिका १ का उनको आमाको गत मंगलबार साँझ हृदयघातका कारण निधन भएको थियो ।
भट्टलाई नेपाल ल्याउने प्रक्रियागत ढिलाइका कारण पाँच दिनपछि उनी नेपाल आउन पाएका हुन् । भट्टको र्यापिड टेस्टपछि प्रहरीले घर पुर्याइदिनेछ।