×

NEPAL TIMES UPDATES

Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026

भारतमा लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला एकैदिन १३ सयभन्दा बढि संक्रमित देखिए

८ बैशाख २०७७

८ वैशाख, एजेन्सी ।
भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ । योसँगै आइतबार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ । स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने वा नगर्नेमा अन्योल देखिएको छ । मन्त्रालयले उक्त निर्णय संक्रमण दर उच्च रहेका क्षेत्रमा लागू नहुने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताएका थिए । त्यहीअनुसार भारतको गृह मन्त्रालयले छुट पाउने क्षेत्र र व्यवसायलाई समेटेर निर्देशिका जारी गरेको थियो ।

तर आइतबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले त्यस्तो छुट संक्रमणको जोखिम नरहेका क्षेत्रमा मात्र लागू हुने जनाएको छ । त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आइतबार नै लकडाउनमा तत्काल कुनै छुट नदिने बताएका छन् । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि लकडाउन खुकुलो बनाउने योजना नरहेको बताएका छन् ।

यसैबीच भारत सरकारले कोभिड–१९ को संक्रमण देशव्यापी रूपमा फैलनमा दिल्लीको निजामुद्दिनमा अघिल्लो महिना भएको इस्लामिक भेला जिम्मेबार रहेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले शनिबारसम्ममा पहिचान भएका कोरोना भाइरसका केसमध्ये करिब ३० प्रतिशत उक्त भेलासँग सम्बन्धित रहेको दाबी गरेका हुन् ।

अग्रवालले तमिलनाडुका ८४ प्रतिशत, तेलंगनाका ७९ प्रतिशत, दिल्लीका ६३ प्रतिशत, उत्तरप्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशका ६१ प्रतिशत कोभिड–१९ का केस निजामुद्दिन भेलासँग सम्बन्धित रहेको बताए । साथै दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि इस्लामिक भेलाका कारण दिल्लीमा संक्रमण धेरै फैलिएको बताएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

‘दिल्लीको जनसंख्या २ प्रतिशत मात्र भए पनि देशभरि पहिचान भएका केसमध्ये १२ प्रतिशत दिल्लीमा हुनुका पछाडि सोही भेला हो,’ केजरीवाललाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top