८ वैशाख, एजेन्सी ।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि प्लाज्मा उपचारको परीक्षण हुने भएको छ।
कोरोना भाइरस संक्रमण निको भएकाहरुको रगतको प्रयोग गरी अस्पतालमा रहेका संक्रमित बिरामीको उपचार गर्ने विधिको परीक्षण बेलायतमा सुरु हुने भएको हो ।बेलायतको एनएचएस ब्लड एण्ड ट्रान्सप्लान्ट (एनएचएसबिटी) ले कोभिड–१९ बाट निको भएकाहरुलाई स्वतन्त्र रुपमा रगत दान गर्न आग्रह गरेको छ ।
निकोभएकाहरुको शरीरमा उत्पादन भएको एन्टिबडीले अरु संक्रमितको उपचारमा रहयोग गर्ने अपेक्षा गरिएको छ । अमेरिकामा प्लाज्मा विधिको परीक्षण सुरु भएको छ । अमेरिकामा यो अनुसन्धानका लागि १५ सय भन्दा बढी अस्पताल सहभागी भएका छन् ।
जब कुनै व्यक्तिमा कोभिड–१९ भएमा त्यसको प्रक्रियाका लागि उनीहरुको प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गर्छ । सो एन्टिबडीले भाइरससँग लड्ने काम गर्छ । त्यो एन्टिबडी रगतमा पाइने गर्छ ।
निको भएका व्यक्तिबाट प्लाज्मा संकलन गरी अस्पतालमा रहेका कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ । कार्डिफको युनिभर्सिटी हस्पिटल अफ वेल्स (युएचडब्लु) को टोली अनुसन्धान सुरु गरेको हो ।