×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

प्रधानमन्त्री ओलीको अडानको चौतर्फी आलोचना, मन्त्रिपरिषद्मै प्रस्तावको विपक्षमा मन्त्रीहरू

९ बैशाख २०७७

९ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयको चौतर्फी आलोचना भएको छ ।

कोरोनाभाइरसको रोकथाम नियन्त्रण र उपचारमा जुट्नुपर्ने सरकारले विवादास्पद अध्यादेश ल्याउने निर्णयलाई ‘बेमौसमको बाँसुरी’ भनिएको छ । मन्त्रिपरिषद्बाट पारित गरेको दुई अध्यादेश सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

Advertisement
Advertisement

सरकारले लकडाउन घोषणा गरेसँगै दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने यसअघि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सदन सञ्चालन नभएको र देश संकटमा रहेको बेलाआफ्नै पार्टी्भित्र समेत कुनै परामर्श्बिना प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनुलाई निकै अर्थपूर्णरूपमा लिइएको छ । पार्टी्भित्र नै विवाद चुलिएका बेला सरकारले पार्टी विभाजन गर्न सकिने व्यवस्थालाई खुकुलो बनाउने निर्णय गर्नु अर्थपूर्ण भएको छ ।

वर्तमान कानुनमा कुनै पनि पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यले चाहेमा नयाँदल बनाउन सकिने उल्लेख छ । तर सरकारले ल्याएको अध्यादेशमा भने संसद् वा पार्टीमा ४० प्रतिशत सदस्यभएको अवस्थामा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राखेको प्रस्तावप्रति कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जा मन्त्रीवर्षमान पुन र पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असहमति जनाएका थिए । तर प्रधानमन्त्री ओलीले अहिलेको आवश्यकता भएको बताउँदै निर्णय गरेका थिए ।

सो निर्णय लगत्तै पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूको प्रधानमन्त्री निवास बालुवाटारमै छुट्टै बैठक बसेको थियो । मन्त्रीहरूको बैठक पछि उक्त निर्णय लिएर ऊर्जामन्त्री वर्षमान पुन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए ।

यसअघि, कोरोनाभाइरसले निम्त्याएको संकटको सामना गर्न पार्टीका अध्यक्ष प्रचण्डले उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री ओलीले भने उक्त प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । पार्टी एकता पूर्व शुरूमा आधाआधा कार्यकाल दुवै अध्यक्षले सरकारको नेतृत्वगर्ने सहमति भएको थियो । पार्टी एकता भएको १८ महिनापछि अध्यक्ष ओली अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन सहमत भएका थिए ।

Advertisement

त्यसपछि ओलीले नै पाँचवर्ष सत्ताको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्ने सहमति भयो । तर पार्टीको आन्तरिक विवाद बढेपछि प्रचण्डलाई दिएको कार्यकारी अधिकार अध्यक्ष ओलीले व्यवहारमा खोस्नुभएपछि प्रचण्ड असन्तुष्ट देखिन्छन् । हाल प्रतिनिधिसभामा पूर्वएमाले तर्फका १२१ र पूर्व माओवादी केन्द्रका ५३ सांसदहरू छन् । (रासस)

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top