९ वैशाख, काठमाडौं ।
कोरोनाभाइरस रोकथामकालागि सरकारले लकडाउन लागू गरेको मंगलबार २९ औं दिन ।
कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ । लकडाउनकाकारण दैनिकजीवनप्रभावितभएको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा अत्यावश्यक सवारीसाधनहरु भने चलेको देखिएको छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायतअत्यावस्यक सेवामाकार्यरत कर्मचारीहरुका सवारीसाधनहरु फाट्टफुट्ट चलेका छन् । यस्तै सहरकाभित्रि सडकहरुमा अत्यावस्यक सामग्रीखरिद गर्नकालागि सर्वसाधारणहरु घर नजिकको पसल सम्मपुगेको देखिन्छ ।
सुरक्षाकर्मीहरुले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् । चोकचोकमा बसेर नेपालप्रहरीले सवारी साधन र पैदलयात्रीको चेकजाँचगरिरहेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ । नेपालमा अहिले सम्मको कोरोनाभाइरस संक्रमणमा परेकाव्यक्तिहरुको संख्या ३९ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।
यस्तै अहिले सम्म ८ हजार ४ सय १४ जनाको पीसीआर प्रविधिमार्फत कोरोनाभाइरस परीक्षण गरिएको छ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले बताए ।