कोरोनाको नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठनका चालकको गोली लागेर मृत्यु

१० वैशाख, एजेन्सी । म्यानमारमा कोरोना भाइरस नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का एक चालकको गोली लागेर मृत्यु भएको छ ।

द्वन्द्वग्रस्त क्षेत्रमा डब्लुएचओको गाडी चलाइरहेका क्रम राखीनी राज्यमा पुगेका २८ वर्षीय प्यइ सोन विन माउन्गमाथि गोली प्रहार भएको थियो।संयूक्त राष्ट्र संघले केही साता यता म्यानमार सेना र सशस्त्र जातीय अराकान सेनाको समूह बिच झडप हुँदा दर्जनौ नागरिक मारिएका छन्। दुबै पक्षले सोमबार डब्लुएचओका चालकको मृत्युका लागि एक अर्कालाई दोष लगाएका छन्। दुबै पक्षले यस घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेका छन्।

म्यानमारका सैन्य प्रवक्ता म्याज-जेन-टुन टुन न्यायीले सेनाले संयुक्त राष्ट्रको गाडीमा हमला गर्ने कारण नभएको जनाएका छन्।  म्यानमारमा रहेको संयुक्त राष्ट्र कार्यालयले सैन्य चौकी नजिकै घटेको यस घटनाप्रति शोक व्यक्त गरेको छ।

Advertisement

गोलीबारीमा एक सरकारी कर्मचारी समेत घाइते भएका छन्। संयुक्त राष्ट्र संघले कसले गोली चलाएको हो भन्ने विषयमा केही खुलाएको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top