पार्टीको आन्तिरक एकता थप सुदृढ र अन्तिम निष्कर्षमा पुग्छः प्रधानमन्त्री ओली

१० बैशाख २०७७, बुधबार
Share this
697shares

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकतालाई थप सुदृढ बनाउन जरुरी रहेको बताएका छन् ।

Advertisement

लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन यो दिनले थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि रहेको समेत उनले बताएका छन्।

Advertisement

सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको उनले उल्लेख गरेका छन्।

नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएकाले अहिलेको अवस्था आइपुगेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्ने सम्पूर्ण नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top