त्रिपुरेश्वरका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिँदै

१० वैशाख, काठमाडौं । केन्द्रीय कारागार त्रिपुरेश्वरका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार कोरोना भाइरसको आशंकामा दुवैलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

Advertisement

कारागार अस्पतालमा गत सोमबार ४० जनामा गरिएको र्या्पिड डाग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

दुबैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएसँगै दुबैजनालाई डिस्चार्ज गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top