NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी सोमवार असार ३० , २०८२
आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ? सोमवार असार ३० , २०८२
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि विभाग

बुधबार बैशाख १० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
सरकारी औषधि उद्योगले सुरु गर्यो स्यानिटाइजर उत्पादन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१० बैशाख, काठमाडौँ ।

 नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो ।

औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ । विभागले १०० एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो । उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ ।

विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन् । धेरै कार्यालय तथा निकाय विभागकै बिक्री वितरणकक्षमा आएर आवश्यक स्यानिटाइजर लैजाने गरेका छन् भने कतिपय औषधि खरिदकर्ताले विभागबाट खरिद गरेर बिक्री वितरण गरिरहेको विभागले उल्लेख गरेको छ ।

‘हामीले कति स्यानिटाइजर कति उत्पादन गर्ने भन्ने बजारले निर्धारण गर्छ । हामीसँग अहिले १०० एमएलका २० हजार बोतल उत्पादन गर्ने क्षमता छ । करिब छ हजार बोतल बिक्री वितरणका लागि आठदेखि १० हजार बोतल फिलिङ गरिरहेका छौँ’, निमित्त महाप्रबन्धक बज्राचार्यले भने ।

लकडाउनका कारण स्यानिटाइजर उत्पादन तथा उपभोगमा समस्या छ । कच्चा पदार्थको अभाव छ । वीरगञ्जबाट ल्याइने अल्कोहल ढुवानी गर्न समस्या छ । बोतल उत्पादन गर्ने उद्योग सबै बन्द छन् । लेवलका लागि प्रेस बन्द छन् । विभागको विशेष आग्रहमा अलिअलि सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।

औषधि लिमिटेडले पहिला थोक बिक्रेतालाई मात्रै बिक्री गर्दै आए पनि अहिले विषम परिस्थिति भएकाले कार्यालय आउने जो–कोहीलाई आवश्यक स्यानिटाइजर होलसेल मूल्य प्रतिबोतल रु १५० मा उपलब्ध गराइने गरेको जनाएको छ । लिमिटेडले अहिले स्टकको स्यानिटाइजर बिक्री गरिरहेको र अर्को चरणको उत्पादनमा मूल्य घटाइने जनाएको छ ।

लिमिटेडबाट उत्पादन भएका स्यानिटाइजर बजारमा पाइने अन्यभन्दा गुणस्तरयुक्त रहेको दावी गरिँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप उत्पादन गरिएको स्यानिटाइजर ८० प्रतिशत अल्कोहल हुन्छ । बजारमा ६० देखि ७० प्रतिशत मात्रै अल्कोहल भएको स्यानिटाइजर पाइने विभागको दाबी छ । कोभिड–१९ को भाइरस मात्र ७० देखि प्रतिशत अल्कोहल चाहिने बताइन्छ ।

लिमिटेडले अत्यावश्यक एकतिहाइ कर्मचारीको व्यवस्था गरी बिहान ६ देखि बेलुका ८ बजेसम्म ‘फ्याक्ट्री’ चलाएर स्यानिटाइजरलगायत उत्पादन गरिरहेको छ । झण्डै १०० कर्मचारीमध्ये अहिले ३० ले काम गरिरहेका छन् । महत्वपूर्ण सरकारी कार्यालय, मन्त्रालय, राष्ट्रपति कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, बैंक, वित्तीय संस्था तथा विभिन्न सङ्घसंस्थालगायतले लिमिटेडको स्यानिटाइजर प्रयोग भइरहेको छ । धेरैजसोले कार्यालयमै आएर सामग्री लैजाने गरेका छन् । औषधि लिमिटेडको उत्पादन बिक्रीका लागि ७७० थोक बिक्रेता कम्पनी छन् । उत्पादन पर्याप्त रहेको र बजार पनि राम्रो भइरहेको विभागले जनाएको छ ।

लकडाउनपछि नयाँ रणनीतिका साथ अघि बढ्ने

औषधि उत्पादन कम्पनीकामा काम गर्ने कामदारका लागि आवश्यक पर्ने मापदण्डको अभावमा लिमिटेडले विगत करिब १० वर्ष औषधि उत्पादन गर्न सकेको थिएन । लिमिटेडले शुरुमा १२० प्रकारका औषधि उत्पादन गथ्र्यो । अहिले तीन प्रकारका स्यानिटाइजर, सिटामोल र जीवनजल मात्रै उत्पादन गरिरहेको छ । उत्पादित सामग्री बजारमा असाध्यै राम्रो खपत भइरहेको छ ।

बजारमा सीमित मौज्दात रहने भएकाले र आवश्यक मात्रै उत्पादन गर्ने भएकाले पनि अहिलेको बजार अभाव भएको लिमिटेडको बुझाइ छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न स्यानिटाइजर प्रयोग तथा साबुनपानीले राम्ररी हात धुन विज्ञहरुले सुझाएका छन् । सीमित उत्पादनले बजार धान्न नसकेको अवस्थामा औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन गरिरहेको हो । बजारमा अत्यावश्यक मास्क, स्यानिटाइजर अभाव छ । कतिपय औषधि पसलले बढी मूल्यमा बिक्री गरिरहेका छन् । व्यवसायीले लकडाउनको मौका छोपी उपभोक्तालाई महङ्गो मूल्यामा मास्क स्यानिटाइजर बेच्ने गरेका छन् । औषधि र मास्कमा बढी मूल्यमा लिएर कालोबजारी गर्ने केही फार्मेसी तथा औषधि पसललाई कारवाहीसमेत गरिएको छ ।

राजधानी काठमाडौँ मात्र होइन, देशभर स्यानिटाइजर अभाव छ । केही निजी कम्पनीले पनि स्यानिटाइजर उत्पादन गरिरहेका छन् । बजारमा अभाव बढिरहेकै छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हालसम्म ४२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यीमध्ये ६ जना उपचारपछि घर फर्किसकेका छन् । कोभिडको जोखिम नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि वैशाख १५ सम्म देशभर लकडाउन गरेको छ । पछिल्लो विवरणअनुसार विश्वका झण्डै ११० देशमा महामारीको रूपमा फैलिएको कोभिडका कारण विश्वमा एक लाख ७७ हजार ५०१ को मृत्यु भइसकेको छ । हालसम्म २५ लाख ६५ हजार २५८ सङक्रमित छन् भने छ लाख ८६ हजार ६३४ उपचारपछि घर फर्किएका छन् ।– सिबी अधिकारी/रासस

लोकप्रीय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

विचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२

थप समाचार

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
अन्तर्राष्ट्रिय

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना
अन्तर्राष्ट्रिय

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
ताजा समाचार

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आज कहाँ पर्दैछ ठूलो पानी ?आज कहाँ पर्दैछ ठूलो पानी ?

सोमवार असार ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी

सोमवार असार ३० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.