×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दैनिक १० हजार बोतल स्यानिटाइजर उत्पादन गर्दै औषधि विभाग

१० बैशाख २०७७

१० बैशाख, काठमाडौँ ।

 नेपाल औषधि लिमिटेडले दैनिक १० हजार बोतल ‘ह्याण्ड स्यानिटाइजर’ उत्पादन गरिरहेको जनाएको छ । नेपालमा लकडाउनको अवस्थामा चरम अभाव रहेको स्यानिटाइजरको सहजताका लागि लिमिटेडले गत चैत २ गतेदेखि उत्पादन थालेको हो ।

औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजय श्री रत्न बज्राचार्यले कोभिड–१९ का लागि चाहिने अत्यावश्यक हयाण्ड स्यानिटाइजर उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार अहिले विभागले दैनिक आठदेखि १० हजार ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको छ भने पाँचदेखि छ हजार बिक्री वितरण भइरहेको छ । विभागले १०० एमएल बोलतको स्यानिटाइजर उत्पादन गरिरहेको हो ।

लिमिटेडसँग दैनिक २० हजार उत्पादन गर्ने क्षमता छ । तथापि कच्चा पदार्थ र जनशक्तिको अभावले आवश्यक मात्रामा उत्पादन गर्न सकेको छैन । सिटामोल र जीवनजल उत्पादन गर्दै आएको लिमिटेडले लकडाउनको अवस्थामा बजारको अभावलाई पूर्ति गर्न स्यानिटाइजर उत्पादन थालेको हो । उत्पादित स्यानिटाइजर बजारमा राम्रोसँग बिक्री वितरण भइरहेको छ ।

विशेषगरी सरकारी कार्यालय, विभिन्न निकाय विभागले उत्पादन गरेको स्यानिटाइजर उपभोग गरिरहेका छन् । धेरै कार्यालय तथा निकाय विभागकै बिक्री वितरणकक्षमा आएर आवश्यक स्यानिटाइजर लैजाने गरेका छन् भने कतिपय औषधि खरिदकर्ताले विभागबाट खरिद गरेर बिक्री वितरण गरिरहेको विभागले उल्लेख गरेको छ ।

‘हामीले कति स्यानिटाइजर कति उत्पादन गर्ने भन्ने बजारले निर्धारण गर्छ । हामीसँग अहिले १०० एमएलका २० हजार बोतल उत्पादन गर्ने क्षमता छ । करिब छ हजार बोतल बिक्री वितरणका लागि आठदेखि १० हजार बोतल फिलिङ गरिरहेका छौँ’, निमित्त महाप्रबन्धक बज्राचार्यले भने ।

लकडाउनका कारण स्यानिटाइजर उत्पादन तथा उपभोगमा समस्या छ । कच्चा पदार्थको अभाव छ । वीरगञ्जबाट ल्याइने अल्कोहल ढुवानी गर्न समस्या छ । बोतल उत्पादन गर्ने उद्योग सबै बन्द छन् । लेवलका लागि प्रेस बन्द छन् । विभागको विशेष आग्रहमा अलिअलि सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।

औषधि लिमिटेडले पहिला थोक बिक्रेतालाई मात्रै बिक्री गर्दै आए पनि अहिले विषम परिस्थिति भएकाले कार्यालय आउने जो–कोहीलाई आवश्यक स्यानिटाइजर होलसेल मूल्य प्रतिबोतल रु १५० मा उपलब्ध गराइने गरेको जनाएको छ । लिमिटेडले अहिले स्टकको स्यानिटाइजर बिक्री गरिरहेको र अर्को चरणको उत्पादनमा मूल्य घटाइने जनाएको छ ।

लिमिटेडबाट उत्पादन भएका स्यानिटाइजर बजारमा पाइने अन्यभन्दा गुणस्तरयुक्त रहेको दावी गरिँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप उत्पादन गरिएको स्यानिटाइजर ८० प्रतिशत अल्कोहल हुन्छ । बजारमा ६० देखि ७० प्रतिशत मात्रै अल्कोहल भएको स्यानिटाइजर पाइने विभागको दाबी छ । कोभिड–१९ को भाइरस मात्र ७० देखि प्रतिशत अल्कोहल चाहिने बताइन्छ ।

लिमिटेडले अत्यावश्यक एकतिहाइ कर्मचारीको व्यवस्था गरी बिहान ६ देखि बेलुका ८ बजेसम्म ‘फ्याक्ट्री’ चलाएर स्यानिटाइजरलगायत उत्पादन गरिरहेको छ । झण्डै १०० कर्मचारीमध्ये अहिले ३० ले काम गरिरहेका छन् । महत्वपूर्ण सरकारी कार्यालय, मन्त्रालय, राष्ट्रपति कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, बैंक, वित्तीय संस्था तथा विभिन्न सङ्घसंस्थालगायतले लिमिटेडको स्यानिटाइजर प्रयोग भइरहेको छ । धेरैजसोले कार्यालयमै आएर सामग्री लैजाने गरेका छन् । औषधि लिमिटेडको उत्पादन बिक्रीका लागि ७७० थोक बिक्रेता कम्पनी छन् । उत्पादन पर्याप्त रहेको र बजार पनि राम्रो भइरहेको विभागले जनाएको छ ।

लकडाउनपछि नयाँ रणनीतिका साथ अघि बढ्ने

औषधि उत्पादन कम्पनीकामा काम गर्ने कामदारका लागि आवश्यक पर्ने मापदण्डको अभावमा लिमिटेडले विगत करिब १० वर्ष औषधि उत्पादन गर्न सकेको थिएन । लिमिटेडले शुरुमा १२० प्रकारका औषधि उत्पादन गथ्र्यो । अहिले तीन प्रकारका स्यानिटाइजर, सिटामोल र जीवनजल मात्रै उत्पादन गरिरहेको छ । उत्पादित सामग्री बजारमा असाध्यै राम्रो खपत भइरहेको छ ।

बजारमा सीमित मौज्दात रहने भएकाले र आवश्यक मात्रै उत्पादन गर्ने भएकाले पनि अहिलेको बजार अभाव भएको लिमिटेडको बुझाइ छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न स्यानिटाइजर प्रयोग तथा साबुनपानीले राम्ररी हात धुन विज्ञहरुले सुझाएका छन् । सीमित उत्पादनले बजार धान्न नसकेको अवस्थामा औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन गरिरहेको हो । बजारमा अत्यावश्यक मास्क, स्यानिटाइजर अभाव छ । कतिपय औषधि पसलले बढी मूल्यमा बिक्री गरिरहेका छन् । व्यवसायीले लकडाउनको मौका छोपी उपभोक्तालाई महङ्गो मूल्यामा मास्क स्यानिटाइजर बेच्ने गरेका छन् । औषधि र मास्कमा बढी मूल्यमा लिएर कालोबजारी गर्ने केही फार्मेसी तथा औषधि पसललाई कारवाहीसमेत गरिएको छ ।

राजधानी काठमाडौँ मात्र होइन, देशभर स्यानिटाइजर अभाव छ । केही निजी कम्पनीले पनि स्यानिटाइजर उत्पादन गरिरहेका छन् । बजारमा अभाव बढिरहेकै छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हालसम्म ४२ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यीमध्ये ६ जना उपचारपछि घर फर्किसकेका छन् । कोभिडको जोखिम नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि वैशाख १५ सम्म देशभर लकडाउन गरेको छ । पछिल्लो विवरणअनुसार विश्वका झण्डै ११० देशमा महामारीको रूपमा फैलिएको कोभिडका कारण विश्वमा एक लाख ७७ हजार ५०१ को मृत्यु भइसकेको छ । हालसम्म २५ लाख ६५ हजार २५८ सङक्रमित छन् भने छ लाख ८६ हजार ६३४ उपचारपछि घर फर्किएका छन् ।– सिबी अधिकारी/रासस

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top