×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंमा लकडाउनमा एकै दिन ३४ जनालाई खोप

१० बैशाख २०७७

१० बैशाख, काठमाडौँ ।
काठमाडौंको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो । तर अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर नियमित खोपलाई फेरी निरन्तरता दिएको हो ।

स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरिक्षक रञ्जनाकुमारी साहले लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस भन्ने विषयलाई ध्यान दिदै खोप कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरिएको र स्वास्थ्यउपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको बताइन् । बुधबार मात्रै ३४ जना बालबालिकालाई खोप दिइएको उनले बताइन् ।

राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वित्तीकै बिसिजी, ६ हप्ता र १० हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र पिसिभी, १४ हप्तामा डिपिटी, हेपटाइटिस बि–हिब, पोलियो र आइपिभीको खोप लगाउनु पर्छ । यस्तै बच्चा जन्मेको ९ महिनामा पिसिभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top