अमेरिकामा ग्रीनकार्ड सम्बन्धि गतिविधिमा ६० दिनसम्म प्रतिबन्ध लगाउने निर्णय लागु

११ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ ।

ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।

Advertisement

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प सुरुदेखि नै आप्रवासीहरुप्रति कठोर बन्दै आएका छन् । आप्रवासीप्रतिको ट्रम्पको व्यवहारलाई उनका आलोचकहरुले चुनावी मुद्दासमेत बनाउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top